Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीकाे ट्रक दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

२०७९, ५ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु – बाणगंगा नगरपालिका–३ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् ।

सिउटी भन्ने स्थानमा शुक्रबार साँझ ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नम्बर तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन्।

बुटवलमा उनीहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन्। कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu