डोटीमा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु
डोटी- गएराति सुदूरपश्चिमको डोटीमा गएको शक्तिशाली भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।
मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँको एक घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएकाछन।
भूकम्पका कारण स्थानीय ठक्कर बोहराको घर भत्काउँदा ६ जनाको मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुस गरिएकाे थियाे।