Connect with us
Kapilvast Forest

रूपन्देहीलाई आर्थिक केन्द्र बनाउछु : बिष्णु पाैडेल

२०७९, २६ कार्तिक शनिबारमा प्रकाशित

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।

शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलौ कार्यक्रममा सहभागी हुने क्रममा पौडेलले सो दाबी गरो हुन्। उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष तदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे।

उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए। उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे। ‘विगतका कुनैपनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ।’ पौडेलले भने।

उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाए। उनले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जित दर्ता गर्ने बताए।

‘मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ। मैले विगतका निर्वाचनहरुसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गथ्र्यौं। त्यो तहको समर्थन हामीलाई प्राप्त छ। हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानविक कासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानविय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ,’ पौडेलले भने, ‘हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ। यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu