मतदान लागि २८ बुदे कार्यसम्पादन जारी गरेका छौः निर्वाचन अधिकृत मरासिनी
कपिलवस्तु- कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन आयोग कार्यालयका निर्वाचन अधिकृत प्रकाश मरासिनीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तीम चरणमा पुगेकाले बताउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयबाट समेत क्षेत्र नं ३ अन्तर्गतका मतदान केन्द्रमा खटिने जनशक्तिहरुको नियुक्ति¸ निर्वाचन सुविधा वितरण लगायतका कार्यहरु सम्पन्न भइसकेको निर्वाचन आयोग कार्यालयका चन्द्रौटा कपिलवस्तुका अधिकृत मरासिनीले जानकारी दिनुभयो ।
आयोगले आज मतदान अधिकृतलाई निर्वाचन सामाग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको अधिकृतले बताउनुभयो । निर्वाचन क्षेत्र अन्तर्गतका मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृतहरुलाई २८ वटा कार्यहरु सम्पादन गर्न गराउन अनुरोध गरेको निर्वाचन आयोग कार्यालयका अधिकृत प्रकाश मरासिनीले बताउनुभएको छ ।
२८ वटा कार्यहरु सम्पादन यस प्रकार रहेको छ ।

