Connect with us
Kapilvast Forest

याे पटक चुनाव जित्छु अर्काे पटक चुनाव लड्दिन : मानन्धर

२०७९, १ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौ – काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।

बिहिबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पुरा गर्नका लागि यो पटक आफु घण्टाघर चुनाव चिन्ह लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गर्नुभएको हो ।

काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यस पटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफु निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छटपटी बढेको दाबी गर्दै आफु नै जनताको साझा उम्मेदवार भएको दाबी समेत गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफुलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ ।

एमालेका इमान्दार कार्यकर्ता आफुसँगै रहेको दाबी गर्दै नेता मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवार सङ भएको जस्तो गरे पनि आफुसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । कांग्रेसले स्थानीय चुनावमा आफ्नो संगठनको बलमा जीत्दा पनि रामबीरमाथी एमाले नेतृत्वले आरोप लगाएर अन्याय गरेकाले न्यायका लागि साथ दिने बचन दिएको उहाँको दाबी छ ।

मावोवादीका स्थानीय नेताहरु पनि आफुहरुलाइ गुमराह मा राखेर नेताको सन्तान लादीएको भन्दै आफुसँग निरन्तर सल्लाहमा रहेको मानन्धरको दाबी छ।

काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन् साहलाई सहयोग गर्नका लागि संसदमा आफु भएमात्रै सहज हुने मानन्धरको दाबी छ । गुठी विधेयकको विरोध गरेका कारण नै आफुमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ ।

दुई पटक वडाध्यक्ष र दुई पटक सांसद जितेका रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री हुँदा गरेका कामका कारण चर्चामा छन्।

बाइपास र दगुर्नेपानीमा वर्षौंदेखि रोकिएको सडक विस्तार गरेर उत्तरी क्षेत्रको आवागमन सहज बनाउनु भुमिका खेलेका मानन्ध यो क्षेत्रको सडक र पूर्वाधार निर्माणमा बाँकी रहेका काम पुरा गर्न जनताको बलमा उम्मेदवार भएकाले आफु जित्ने निश्चित भएको दाबी समेत गरेका छन् ।

मानन्धरले माओवादी र एमालेले प्रतिष्ठाको क्षेत्र बनाएको काठमाडौं-७ बाट विजयी भएर आफुले नयाँ इतिहास रच्ने दाबी पनि गरेका छन् । अरु उम्मेदवारले घरदैलोमा हिड्ने कार्यकर्ता समेत भेट्टाउन नसकेको तर आफु नियमित रुपमा हजारौं मतदातासँग संवादमा रहेको उहाँको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu