Connect with us
Kapilvast Forest

स्थिर समयको उल्लङ्घन गर्नेलाई २५ हजार रुपियाँ जरिवाना हुने

२०७९, १ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं- निर्वाचन आयोगले स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना गराउने भएको छ । आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थिर समयको नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिनुभयो । साथै उहाँले स्थिर समयको उल्लङ्घन गर्नेलाई २५ हजार रुपियाँ जरिवाना हुने बताउनुभयो ।

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई स्थिर समय तोकेको छ ।

कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन । बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जानकारी दिनुभयो । निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८९२ मतदानस्थलबाट मतदान गर्न सक्नेछन् ।

उहाँले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब चार लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

त्यस्तै, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार ४१२ र दुई हजार १९९ समानुपातिक गरी कुल पाँच हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ । यसैगरी, प्रदेशको प्रत्यक्षतर्फ तीन हजार २२४ र समानुपातिकतर्फ तीन हजार ७०८ उम्मेदवार बन्दसूचीमा छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu