Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १० हजार भन्दा बढी आँखाका विरामी

२०७९, २७ मंसिर मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुमा दृष्टि विहिनताको अवस्था डरलाग्दो देखिएको छ । कपिलवस्तु जिल्लाको दश वटै पालिका गरिएको जांचवाट आँखाको विरामी संख्यामा वृद्धी देखिएको हो । कपिलवस्तुमा १० हजार ९ सय ९७ जना आँखाका विरामी देखीएका छन ।
नेपाल नेत्र ज्योती संघ आँखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजले मंगलवार शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरि कपिलवस्तु जिल्लामा आंखाको विरामीहरुको स्थीतीको वारेमा तथ्याङ सार्वजनीक गरेको हो ।

जिल्लामा शिवराज नगरपालिकामा सवै भन्दा वढि आँखाको विरामीहरु रहेको वताईएको छ । शिवराजमा १ हजार ६ सय ७९ जना आँखाको विरामी रहेको तथ्याङमा देखाइएको छ । यस्तै वाणगंगा नगरपालिकामा १ हजार ६ सय २४ जना, वुद्धभुमी नगरपालिकामा १ हजार ४ सय २९, कृष्णनगर नगरपालिकामा १ हजार ३ सय ७८, महराजगंज नगरपालिकामा १ हजार २ सय ६ जना अाँखाको विरामी रहेको वताईएको छ ।
यस्तै जिल्लाको मायादेवी गांउपालिकामा १ हजार ६१ जना, शुद्धोधन गांउपालिकामा ९ सय ९४, यशोधरा गांउपालिकामा ८ सय १३ , र विजयनगर गांउपाललिकामा ८ सय १३ जना आंखाका विरामीको पहिचान भएको नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजका प्रमुख प्रसाशक शमसेर थापाले जानकारी दिनुभयो ।

विभिन्न समयमा गरिएको जाँचवाट विरामीको तथ्याङ प्राप्त भएको अस्पातालले जनाएको छ ।सवै विरामीको शल्यक्रियावाट उपचार गनुपर्ने छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका चिफ मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवाल वताउनुभएको छ । पालिकास्तरमा विरामीहरको उपचारको लागी सहयोगको याचाना गरिरहेको समेत मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवाल वताउनुभयो । अस्पतालले पालिकाहरुको सहयोगमा निशुल्क उपचार गर्दे आएको समेत वताउनुभएको छ । उहांले आखांको हेरचाह र सरसफाई विशेष ध्यान पुराउन समेत आग्रह गर्नुभएको छ । वजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या शिर्जना भईरहेको समेत कटुवलको भनाई रहेको छ ।

छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले स्थापनाकाल देखि आज सम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरेको बताउनुभयो । १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया भएको अस्पताल प्रशासकीय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।