Connect with us
Kapilvast Forest

ढुंगा उछिट्टिएर लाग्दा अर्घाखाँची एक जनाकाे मृत्यु

२०७९, २२ पुष शुक्रबारमा प्रकाशित

File photo

अर्घाखाँची- मालारानी गाउँपालिकामा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ। सन्धिखर्क ११ जोगिमारेका ६० वर्षीय ओमप्रकाश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको मालारानी–२ झरनामा निर्माणाधीन झोलुंगे पुलको काम गरिरहेका बेला मजदुर थापालाई ढुंगा उछिट्टिएर टाउकोमा लागेको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा बिहीबार जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu