Connect with us
Kapilvast Forest

गाउँपालिकाका पूर्व-अध्यक्षले छिमेकीमाथि लखेटी–लखेटी गरे आक्रमण

२०७९, २७ पुष बुधबारमा प्रकाशित

जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ। गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेको हो।

कुटपिटबाट एकै परिवारका सात जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ। यादवको समूहबाट घाइते हुनेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकका ४५ वर्षीय राजकुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्यनारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सुवर्ण मण्डल, ४५ वर्षीय देवकीदेवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जनाकुमारी मण्डल छन्।

उनीहरूको उपचार विराटनगरस्थित न्यूरो हस्पिटलमा भइरहेको छ। घाइतेमध्ये सबैभन्दा गम्भीर अवस्था ४५ वर्षीय राजकुमार र पवनको छ। राजकुमारको टाउकोमा रगत जमेको चिकित्सकले बताएका छन्।

Esewanic
पूर्व अध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ। त्यस्तै पवनको टाउकोमा गहिरो चोट लागेको कारण ९ टाँका लगाउनुपरेको छ। सुवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तिघ्रामा गहिरो चोट लागेको छ।

घाइते हुनेहरू एकै परिवारका सदस्यहरू हुन्। उनीहरूमाथि आक्रमण गर्ने सबै महेन्द्र यादवका छिमेकी हुन्। घाइतेका आफन्त देबकुमार मण्डलका अनुसार महेन्द्र यादवसहित, जीत नारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दिपक यादव, राजकुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङग्रोले लखेटी लखेटी आक्रमण गरेको आरोप लगाएका छन्।

आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौदेखि भोगचन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu