गाँउपालिकाको सभाहल दुरुपयोग -हेर्नुस् भिडियो
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको विजयनगर गाँउपालिकाको खडैचामा रहको सभाहलको दुरुपयोग भएको छ । गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको जन्मदिन मनाउनका लागि पालिकाको हल नै प्रयोग गरी हलको दुरुपयोग गरिएको छ ।
नागरिकहरुको करबाट बनेको सभाहलमा कुनै पनि एक व्यक्ती विशेषको जन्मदिन मनाइनु गलत भएको विजयनगर गाँउपालिकाका डालपुरका एक युवकले बताए । नाम नबताउने शर्तमा ति युवकले भने “हाम्रो करले बनेको हल हो, सभा समारोह गरौ तर जन्मदिन मनाउनका लागि सभाहल होइन । यसरी खुलेआम हलको दुरुपयोग नगरियोस् ।”
जन्मदिन मनाउका लागि विभिन्न स्थान भएपनि गाँउपालिकाको सभाहल नै प्रयोग गरिनु गलत भएको बदौरका युवकहरुले बताए ।आज विजयनगर गाँउपालिकाको दोस्रो गाँउसभा समेत हो ।
गाँउ सभाको व्यनर समेत लागेको अवस्थामा हलको दुरुपयोग गरी प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको जन्मदिनको मनाइएको छ ।
उक्त जन्मदिन मनाइरहदा विजयनगर गाँउपालिकाको अध्यक्ष गोपाल बहादुर थापा, उपप्रमुख लक्ष्मी चौधरी, वडाअध्यक्षहरु, पालिका कर्मचारीहरु समेत सहभागी भएको भिडियो सार्वजनिक भएको छ ।
हेर्नुस् भिडियो—–
https://www.facebook.com/100076453756384/videos/1619698761795074