Connect with us
Kapilvast Forest

चेम्बर अफ कमर्शको चरम लार्पवाही, महोत्सव सकियो तर फोहार उठेन

२०७९, २९ पुष शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी,
कपिलवस्तु– चन्द्रौटामा पुस ७ गते देखी पुस २३ गते सम्म सन्चालन भएको सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्थलमा फोहोरको चाङ लागेको छ ।
महोत्सव आयोजक चेम्बर अफ कमर्श कपिलवस्तुले आयोजना गरेको महोत्सव स्थलको फोहोर नउठाउदा मेला स्थल दुर्गन्धीत भएको छ । मेला सकिएको एक हप्ता वित्नै लाग्दा समेत फोहोर नउठदाँ रहटकोल गाँँउ समेत दुर्गन्धीत भएको स्थानिय राजेश चौधरीले बताउनुभयो ।

चेम्बर अफ कमर्शले नाफा कमाउने उदेश्यले मेला आयोजना गरेको थियो । मेला सकियो तर मेलाबाट भएको फोहोर सफा नगरेको चौधरीको भनाई रहेको छ ।
मेला स्थल नजिकै रहेको लुम्बिनी प्रदेशको शसस्त्र प्रहरी बल विन्ध्यबासिनी बाहिनी कार्यालय समेत दुर्गन्धीत भएको छ । हवाको बहावले फोहोर उठेर बाहिनी कार्यालयमा समेत पुगेको शसस्त्र प्रहरीले जनाएको छ ।

महोत्सव स्थल फोहोर हुदाँ सोही स्थान भएर आवत जावत गर्न नाक थुनेर हिडनु परेको स्थानिय शान्ती चौधरीको भनाई रहेको छ । महोत्सव सकिन साथ आयोजक चेम्बर अफ कमर्श र ठेकेदार पक्ष हराएको चौधरीले बताउनुभयो ।

चेम्बर अफ कमर्श कपिलवस्तुको चरम लार्पवाहीले फोहार नउठदा त्यहा फालिएको कागज, प्लाष्टिक र खाद्यन्नले महोत्सव स्थल दिनप्रती दिन दुर्गन्धीत हुदै गएको छ । महोत्सव स्थलमा शिवराज नगरपालिकाको सार्वजनिक शौचालय अलपत्र अवस्थमा रहेको छ ।

चेम्बर अफ कमर्श सघंका जिल्ला सचिव गोपाल बन्जाडेले महोत्सव स्थलको फोहार उठाउने जिम्मा ठेकेदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको रहेको बताउनुभयो । उहाले भन्नुभयो“ठेकेदार पक्षले फोहर उठाएन, अब हामीले नै व्यवस्थापन गर्छाै” ।

महोत्सव स्थलमा फोहोरको चाङ 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu