Connect with us
Kapilvast Forest

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

chitwan_medical

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित भिडले आइतबार साँझ ५ बजे तोडफोड गरेका हुन्। नाकको आप्रेसन गर्न सिएमसी गएकी नवलपरासी मध्यबिन्दु नगरपालिका ९ की ३२ वर्षीय आशा ज्ञवालीको उपचारका क्रममा हिजो मृत्यु भएको थियो।

ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले आइतबार तोडफोड गरेका हुन्। घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।

तोडफोडपछि भिडलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो। ज्ञवालीको शव अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu