Connect with us
Kapilvast Forest

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

२०७९, २ माघ सोमबारमा प्रकाशित

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो ।
सहमतिअनुसार आजै सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ (२) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी समानुपातिक सांसद मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गर्दैछन् ।

प्रदेश सभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो । ‘मुख्यमन्त्री एमालेले लिएको हुँदा सभामुखमा माओवादी केन्द्रले र उपसभामुखमा राप्रपाले उम्मेदवारी दिने सहमति भयो,’ सभामुखका उम्मेदवार माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले भने, ‘तीन दलबीचको सहमतिअनुसार हामी नोमिनेसनका लागि दाङ जांदैछौं ।’

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले पनि आफूहरुले उपसभामुख पाउने जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनमा नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत रलोसपाका ३/३ र दुई स्वतन्त्र सांसदहरु रहेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक/एक सांसद रहेका नेकपा एस र जनमोर्चा गरी २९ जना विपक्षमा छन् । प्रदेश सभाको अंक गणित अनुसार घर्ती र खाँण निर्वाचित हुने निश्चित छ ।

सत्तापक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले उम्मेदारको टुंगो लगाउन सकेको छैन । नेपाली कांग्रेस प्रदेश सांसद वीरबहादुर रानाले उम्मेदवारी दिने या के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu