लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने
दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् ।
बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।
पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ ।