Connect with us
Kapilvast Forest

शेखर पक्षको भेलामा धनराजको प्रस्ताव- १५ औं महाधिवेशनको तयारी सुरू गरौं

२०७९, ८ माघ आईतवारमा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइतबार काठमाडौंको बत्तिसपुतलीमा राखेको भेलामा पार्टीको १५ औं महाधिवेशनको तयारी सुरू गर्नुपर्ने प्रस्तावसमेत आएको छ।
उपसभापति धनराज गुरूङले १५ औं महाधिवेशनको तयारी सुरू गरिहाल्नुपर्ने प्रस्ताव राखेका हुन्।

कांग्रेसको १४ औं महाधिवेशन गत वर्ष मंसिरमा भएको थियो। विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। समयमै महाधिवेशन भए अझै तीन वर्ष बाँकी छ। १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित भएका थिए।

उपसभापति गुरूङले पार्टीमा रूपान्तरण र परिवर्तन पक्षधरले अहिलेदेखि नै महाधिवेशन तयारी थाल्नुपर्ने बताए। आजैदेखि १५ औं महाधिवेशनको तयारी थालौं गुरूङले बैठकमा भने ढिला गर्नु हुँदैन। उनले शेखरलाई सभापतिका रूपमा अघि सारेर महाधिवेशन तयारी सुरू गर्नुपर्ने बताए।
महाधिवेशन तयारी सुरू गरिहालौं।

ढिला हुँदा धेरै साथीहरूले इच्छा गर्नुहुन्छ। मेरो पनि इच्छा हुन सक्छ उनले भने। बैठकमा महामन्त्री गगन थापालगायत पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरू प्रदेश सभापतिलगायत उपस्थित थिए। महामन्त्री थापा संसदीय दल नेताको उम्मेदवार हुँदा अब हुने महाधिवेशनमा सभापतिमा कोइरालालाई सहयोग गर्ने समझदारी बनेको दाबीसमेत भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu