शिक्षामा जोड दिनुपर्ने वक्ताहरुको जोड
न्युज सेन्टर नेपाल- नेपाल मुस्लिम आयोगका माननिय सदस्य मिर्जा अर्सद बेगले शिक्षामा जोड दिनु पर्ने बताउनु भएको छ ।कपिलवस्तुको महाराजगंज नगरपालिकाको सभाहलमा आयोजित जनप्रतिनिधीसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य बेगले मुस्लिम समुदायको विकासका लागि शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।
मुस्मिल समुदायको हरेक पक्षको विकासका लागि आयोग तयार रहेको सदस्य बेगले बताउनुभयो । मुस्लिम समुदायको हरेक पक्षलाई समुचित विकास गर्न आयोग तमतयार रहेको आयोगका सदस्य बेगको भनाई रहेको थियो ।
सो कार्यक्रममा महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले मदरसा शिक्षालाई व्यवस्थापन गर्नका लागि संघीय सरकारले विशेष कदम चाल्नु पर्ने समय आएको बताउनुभयो ।

स्थानिय तहमा बजेट आभावका कारण शिक्षामा प्रयाप्त लागनी गर्न सक्ने अवस्था नरहेकाले संघ र प्रदेश सरकारले विशेष बजेट विनियोजन गर्नु पर्ने नगर प्रमुख कलामको भनाई रहेको थियो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिकाको उप प्रमुख रिता कुमारी चौधरीले मुस्लिम समुदायको विकास गर्न मुल प्रवाहित शिक्षाको आवश्यक्ता रहेको बताउनु भयो ।
समाजमा कुरती कुुसस्कृती कामय हुनु, विद्यार्थीहरु विद्यालय छोडनु, बलविवाह गर्ने जस्तो समस्या समाजमा व्यप्त रहेकाले यस्तो समस्या हटाउन नगरपालिका लागि परेको बताउनुभयो ।
सोही कार्यक्रममा महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राविन्द्र प्रसाद चौधरीले मुस्लिम सशक्तीकरण गर्नका लागि मुस्लिम आयोगले विशेष भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । समाजमा अझै पनि जनचेतनाको कमी रहेकाले स्वास्थ्य सरसफाई तर्फ समुदाय अगाडी बढनु पर्ने चौधरीको भनाई रहेको थियो ।
नेपाल मुस्लिम आयोग र स्थानिय तहका निर्वाचित नगरप्रमुख, उप प्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यहरु सगं भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिंकास वक्ताहरुले मुस्लिम समुदायको विकास गर्न मुल प्रवाहित शिक्षाको आवश्यक्ता रहेको बताएका थिए ।