Connect with us
Kapilvast Forest

ऐन संशोधनको माग गर्दै शिक्षकले बुझाए ध्यानाकर्षण

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

जाजरकोट- शिक्षा ऐन संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासङ्घ जाजरकोटले भेरी नगरपालिका समक्ष पाँच वर्ष पहिले निर्माण गरेको स्थानीय शिक्षा ऐनमा कतिपय बुँदा सङ्घीय शिक्षा ऐनसँग मिल्ने हचुवाको भरमा बनाइएकाले ऐन संशोधनका लागी माग गदै ज्ञापन पत्र बुझाएको हो ।

नेपाल शिक्षक महासङ्घले नगर प्रमुख चन्द्र प्रकाश घर्ती समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय शिक्षा ऐन २०७४ को दफा १६ संशोधन गरी सम्बन्धित नेपाल शिक्षक महासङ्घको समितिबाट तोकिएको प्रतिनिधि नगर शिक्षा समितिको सदस्य रहने व्यवस्था ऐनको दफा १९ संशोधन गरी विद्यालय व्यवस्थापन समिति सदस्यमा सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक प्रतिनिधि सदस्य र सम्बन्धित विद्यालयमा गठन गरिएको बाल क्लबको अध्यक्ष अथवा प्रतिनिधि सदस्य बस्न पाउने नीतिगत व्यवस्था दफा ३१ को उपदफा ३ मा उल्लेखित भएको राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई कार्यसम्पादनका आधारमा प्रत्येक छ महिनामा म्याद थप्ने व्यवस्था संशोधन गरी सङ्घीय नीति अनुसार व्यवस्थापन गर्नु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu