Connect with us
Kapilvast Forest

धरान जाँदै गरेको गाडी दुर्घटना सात घाइते

२०७९, १८ माघ बुधबारमा प्रकाशित

ओखलढुङ्गा- ओखलढुङ्गाबाट धरान जाँदै गरेको गाडी दुर्घटना भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिका –७ हिलेपानी ओखलढुङ्गामा प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी आज बुधबार दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो ।

झापाको गौरादह नगरपालिका –४ का ४४ वर्षीय रेवतीप्रसाद धमला ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –१ की ४५ वर्षीया मैनाकुमारी खड्का र सोही गाउँपालिकाको –३ का २४ वर्षीय चालक खगेन्द्रकुमार घिमिरेको अवस्था गम्भीर रहेको प्रनाउ खनालले जनकारी दिनुभयो ।

दुर्घटनमा सिद्धिचरण नगरपालिका –४ का ३० वर्षीय युवराज कटुवाल, सोही स्थानका ६० वर्षीय जितबहादुर कटुवाल, चिशंखुगढी गाउँपालिका –६ का ६२ वर्षीया इन्द्रकुमारी खड्का र सोही गाउँपालिका –४ का ६२ वर्षीय गोविन्दबहादुर खड्का सामान्य घाइते हुनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu