Connect with us
Kapilvast Forest

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ- भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेल प्रतिलिटर सात रुपियाँ ९८ पैसा मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । यस्तै मट्टीतेलको मूल्य प्रतिलिटरमा चार रुपियाँ ८० पैसा र हवाई इन्धन लिटरमै सात रुपियाँ ५० पैसा मूल्य बढेर आएको छ ।

आईओसीले प्रत्येक महिनाको एक र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । ग्यासमा प्रतिसिलिन्डर ७५ रुपियाँ मूल्य घटेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu