उधारोमा भन्सार महसुल
हुम्ला– यारी नाका भन्सार कार्यालयलाई केही दिन अघि चीनबाट आयात भएको व्यापारिक सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको छ । व्यापारी तथा निर्माण व्यवसायी हिल्सामा नभएको कारण भन्सारका कर्मचारीले आयात भएको सामान विवरण तयार गरेप नि महसुल उधारोमै राख्नुुपरेको हो ।
यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले चीनले एकतर्फी नाका खुलाएर आयात भएको सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको बताउनुुभयो । उहाँले सामान आयात गर्ने व्यापारी र निर्माण व्यवसायी कोही पनि हिल्सामा नभएको कारण सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको जनाउनु भयो ।
उहाँले आफू हिल्सामा पुुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुुरको बिल काटे पनि रुपियाँ असुुल नभएको बताए। हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडाैंमा रहेको कारण सो भन्सार महसुल असुुल गर्न आफू पनि काठमाडौं पुुगेको बताउँदै उहाँले सबै व्यापारीसँग सम्पर्क भइसकेको जानकारी दिनुभएको हो।
चीनबाट आयात भएको सामानको भन्सार महसुल दश लाख रहेको र त्यसका एक लाख असी हजार रुपियाँ मात्र असुल भएको बताउँदै उहाँले आठ लाख २० हजार रुपियाँ असुुल गर्न बाँकी रहेको जनाउनु भएको छ ।
भन्सार महसुल असुल भएको सामानमा खाद्यान्न र लत्ता कपडाको मात्र छ । असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको छ । अब काठमाडौंमै असुुल गरेर नगद जम्मा गरिने भएको छ । गत पुस १३, १७, १८ र २१ गते गरि चार पटक एकतर्फी रुपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो ।