सेनको स्मृतिमा महासचिव विप्लबद्धारा वृक्षरोपण
कपिलवस्तु- नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुका जिल्ला समिती सदस्य, जिल्ला न्याय बिभाग प्रमुख चित्र सिकि जिवन संगिनि अमृता सेनको स्मृतिमा वृक्षरोपण गरिएको छ ।
सेन स्मृतिमा पार्टीका महासचिव नेत्र विक्रम चन्द ९विप्लब०को सक्रिय सहभागीतामा वृक्षारोपण कार्य सम्पन्न भएको छ । सेनको जन्म २०१५ मंसिर २ गते जन्मिनु भएको र आफ्नै घरमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं ९ तुरुन्तपुरमा गत माघ २९ गते मृत्यु भएको थियो ।
सेन दिवगत भएको आज तेस्रो दिन बृक्षारोपण गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीको मृत्यु संस्कारलाई परिवर्तन गराउदै। मृत्यु संस्कारलाई नयाँ ढंगले लैजाने उदेश्यका साथ बृक्षारोपण गरिएको हो ।
पहिलो दिन दास संस्कार, तेस्रो दिन वक्षारोपण र पाचौं दिन अक्षय कोष निर्माण गर्ने गरी कार्याकर्म राखिएको पश्चिम जिल्ला सचिव कमरेड पावेल सिले जानकारी दिनुभयो ।