Connect with us
Kapilvast Forest

उद्योग, पर्यटन तथा यातायात मन्त्री यादव खैरीमा

२०७९, ९ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु-
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादव शिवराज नगरपालिकाका ५ खैरी का युवा नेता रहिस शाहको निवासमा भेटवार्ता गर्नु भएको छ ।

भेटका क्रममा कपिलवस्तुका समाजसेवी हुमाकन्ता खनाल, दिपक रजौरिया लगायत खैरी गाउका स्थानीयले कपिलवस्तुको विकासका लागि मन्त्री यादवलाई अनुरोध गर्नु भयो ।

युवा नेता शाहले खैरीको पोखरी सुन्दरी करण, सिचाई, मस्जिद, मन्दीर, मदरसा र कबरस्तान ब्यवस्थापनका लागि आवस्यक बजेट बिनियोजन गर्न अनुरोध गर्नु भयो ।

भेटका क्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले यस क्षेत्रको विकासका लागि पहल गर्ने बताउनु भयो ।
सिचाई, मन्दिर, मस्जिदको लागि विशेष बजेट ब्यवस्थापन गर्ने मन्त्री यादवले बताउनु भयो ।

खैरीका जयस मोहमद गद्दी, शिव प्रसाद हरिजन, अब्दुल सहिद मुसलमान, चिन्नु मुसलमान, अब्दुल्ला मुसलमान, सलिम मिया लगायतले मन्त्री यादवलाई स्वागत गर्दै गाउको विकास गर्न माग गरेका थिए ।  ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu