Connect with us
Kapilvast Forest

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले गर्‍यो पत्रकारदेखि कलाकारसम्मलाई सम्मान

२०७९, १३ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेको छ । आज शनिबार तौलिहवामा सम्पन्न दोस्रो अधिवेशनमा पत्रकार, कलाकार, अधिकारकर्मीहरुलाई लगायतलाई सम्मान गरिएको हो ।

विषे नगर्ची पुरस्कारबाट नगद रु.१० हजार सहित राम बहादुर गन्दर्व, उदयमान पत्रकारीता पुरस्कारबाट दिपिका सुनार नगद रु.८ हजार र समावेशी पत्रकारीता पुरस्कारबाट नगद रु.५ हजार सहित खगप्रसाद चापागाई र शनिउल्लाह धोबी सम्मानित भएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अनुशासन विभागका सदस्य समेत रहेका हित खगप्रसाद चापागाइले आफुले प्राप्त गरेको सम्मान रकममा ५ हजार थप गरि ब्रेन ट्युमरबाट पिडित अग्रज पत्रकार शितल आचार्यलाई नगद रु. १० हजार सहयोगको घोषणा समेत गरेका छन् ।
यस्तै दलित अधिकारकर्मी, कलाकार, वडाध्यक्ष लगायतलाई समेत सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादव, विशिष्ट अतिथि राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडी, केन्द्रिय सचिव रिता बुढाथोकी, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार लगातयतले सम्मान पत्रसहित सम्मान गरेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu