Connect with us
Kapilvast Forest

३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी

२०७९, १८ फाल्गुन बिहीबारमा प्रकाशित

३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभालाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताउनुभयो ।

बौद्ध चैत्य (चिभा) मा राखिएको मूल मूर्ति चोरी भएको उहाँले बताउनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराई दोषीको खोजी कार्य सुरु गरिएको देसारले बताउनुभयो । पछिल्लो समय मूर्ति चोरी हुने सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा र जनचेतनाका लागि कार्यक्रम समेत सुरु गर्ने तयारी थालिएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu