Connect with us
Kapilvast Forest

सद्भाव र प्रेमको पर्व होली

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाज होलीमा खेलिने रङहरूजस्तै विविधतापूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत उहाँले व्यक्त गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देशमा उल्लेख छ यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो । तसर्थ फागुपूर्णिमा जस्ता पर्वले सम्पूर्ण नेपालीबीच आपसी प्रेम सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्‍वास मैले लिएको छु ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu