Connect with us
Kapilvast Forest

राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण : ओली

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए । उनले अगाडि भने राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu