मन्त्री अमन लाल मोदीलाई रेडियो
ललितपुर- सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई रेडियो दिएर सम्मान गरिएको छ । पारदर्शी र सबल स्थानिय सरकारका लागि सामुदायिक साझेदारीू विषयक छलफल पछि मन्त्री मोदीलाई सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरीले सो रेडियो उपहार दिएका हुन् ।
कार्यक्रममा सघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ७ सय ५३ वटै स्थानिय तहलाई सामुदायिक रेडियोसँग सहकार्य गर्न निर्देशन दिनु भएकोछ ।नागरिकलाई सूचना दिन र आफ्ना गतिविधिका बारेमा जानकारी दिन स्थानीय सरकारले लुकाउन नहुनेमा मन्त्री मोदीले जोड दिनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरीले रेडियोलाई अझ बढी माया होस् भनी मन्त्री अमनलाल मोदीलाई सो रेडियो उपहार दिएका हुन्।