Connect with us
Kapilvast Forest

विजयनगरको निर्माणकार्यमा कमसल सामग्री प्रयोग

२०७९, ३० चैत्र बिहीबारमा प्रकाशित

राम अवतार चौधरी– कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको “जनता आवास निर्माण”मा कमसल सामग्री प्रयोग गरिएकाे पाइएकाे छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माण हुन लागेका जनता आवास निर्माणमा ईट्टा लगायतका सामग्री प्रयोग गरिएकाे स्थानीयले आराेप लगाएका छन् ।

गाउँपालिकाकाे वडा नम्बर-५, बघमरवा गाउँमा निर्माण हुन थालेका “जनता आवास निर्माण” कार्यमा थर्ड क्वालिटीकाे ईट्टा प्रयाेग गरिएको स्थानीय लाेकेश थापाले बताए । प्रदेश सरकारकाे याेजनामा निर्माण हुन लागेकाे जनता आवासमा ठेकेदारले ईट्टा प्रयाेगकालागि निर्माण स्थलमा झारिएकाे उनले जनाए । जानी-जानी कमसल ईट्टा झारिएकाे बताउँदै ठेकेदारकै लापरवाही रहेकाे इन्द्रजित चाैधरीले गुनासाे गरे । ठेकेदारले कमसल सामग्रीकाे प्रयाेग गरि भ्रष्टाचारमा लिप्त हुने गरेकाे चाैधरीले आराेप समेत लगाए ।

गाउँपालिकाभित्र निर्माण भइरहेको जनता आवासमा ईट्टा पुर्‍याउन जिम्मेवारी लिएका ठेकेदारले निर्माणका लागि कमसल सामग्री झारेको स्थानीयले बताउँछन् । वडा नम्बर ६ का जनता आवास निर्माण समितिका अध्यक्ष बदरु जमा नाउले ईट्टा खसाल्ने जिम्मेवारी लिएका व्यक्तिले राम्रो इट्टा खसाल्छु भन्दै झुक्याएर कमसल इट्टा झारेकाे बताए ।

आवास निर्माणका सब-ओभरशियर गाेपाल क्षेत्रीले आवास निर्माणका सबै कार्यहरू गर्न राेकेकाे बताए । कमसल ईट्टा प्रयोग भएकाे सूचना पाएपछि निर्माण स्थल पुगी झारिएकाे उक्त गुणस्तरहीन सामग्री प्रयोग नगर्न र कामसमेत राेक्न घर निर्माण कामदारलाई जनाए । स्टीमेट अनुसार गुणस्तरीय सामग्री प्रयोग गर्ने बताउँदै निर्माणका लागि झारिएका ईट्टा फिर्ता गरि अर्काे ईट्टा झार्ने उनले बताए । प्रति आवास निर्माण श्रमदानसहित ३ लाख ८५ हजार बराबरको काम गरि घर धनीकाे नाममा भुक्तानी हुने उनकाे भनाई छ ।

यता ईट्टा झार्ने ठेक्का लिएका प्रहलाद खाँनले निर्माणका लागि कमसल इट्टा नझारिएकाे दाबी गरे । यदि कमसल भए ईट्टा फिर्ता लिने गुणस्तरीय ईट्टा झार्ने बताए । स्थानीय र आवास निर्माण समिति र सब-ओभरशियर लगायतकाे गुनासो आएपछि गुणस्तरीय ईट्टा झार्ने खाँनले जनाए ।
स्टीमेटमा उल्लेख भए अनुसार इट्टाकाे प्रयाेग गरिने बताउँदै उनले भने : “स्टीमेट अनुसार नै इट्टाकाे प्रयाेग गरिने हाे, यदि कमसल ईट्टा छ भने प्रयाेग गरिदैँन र प्राविधिकबाट अनुगमन समेत गराएर मात्र निर्माण कार्य सुरु गर्ने हाे ।”

गाउँपालिकामा चालु आर्थिक वर्ष २६ ओेटा जनता आवास निर्माण भइरहेका छन् । वडा नम्बर ५ मा ८ ओेटा, वडा नम्बर ६ मा ८ ओटा र वडा नम्बर ७ मा १० ओेटा जनता आवास निर्माण भइरहेका छन् । निर्माण भइरहेकाे सबैमा एकै किसिमको गुणस्तरहीन सामग्री प्रयाेग भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu