Connect with us
Kapilvast Forest

जनकपुरमा ४३ शिक्षक पक्राउ

२०७६, १९ कार्तिक मंगलवारमा प्रकाशित

जनकपुर । प्रदेश २ मा ४३ जना शिक्षक पक्राउ परेका छन् । प्रदेश सरकारले शिक्षकको मागप्रति बेवास्ता गरेको भन्दै मन्त्रिपरिषद्को कार्यालय तालाबन्दी गर्न पुगेका ४३ शिक्षक पक्राउ परेका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कर्मचारीलाई भित्र छिर्नै नदिई तालाबन्दी गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धर्मेन्द्र यादव, सहसंयोजनक बिनोद साह, शिक्षकहरु रामउदगार यादव, ब्रम्हदेव राम, शैलेन्द्र कुमार सिंह, रामकुमार ठाकुर, किशोरी मण्डल, शिवशंकर यादव लगायत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उपरीक्षक कार्कीका अनुसार पक्राउ पर्नेमा ३० जना पुरुष शिक्षक र १३ जना महिला शिक्षक रहेका छन् ।

अस्थायी शिक्षकलाई निरन्तर काममा फर्काउन माग गर्दै उनीहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजामसमेत गरेका थिए ।

गत असार २० देखि एक महिना पनि अस्थायी शिक्षकले आफूहरुलाई निरन्तर काममा फर्काउनु पर्ने माग राखि धर्ना बसेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu