शिवराजमा नियम प्रक्रियाको धज्जी उडाउदै ६० लाखको योजना उपभोक्ता समितिलाई
न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकाले नियम प्रक्रियाको धज्जी उडाउदै ६० लाखको योजना उपभोक्ता समितिलाई दिएको छ । १० लाख भन्दा माथिका कुनैपनी योजना ठेक्का मार्फत गर्ने प्रवधान रहेपनी पालिकाले आफैंले बनाएको नियमको उलंघन गरेको खुलेको छ ।

नगरपालिकाले वडा नं ५ मा कर्भड हल निर्माण गर्न ६० लाख बिनियोजन गरि उपभोक्ता समितिलाई दिएको छ । उपभोक्ता समितिमा व्यापक भ्रष्टाचार हुने भएकाले १० लाख भन्दा माथिका सबै योजना ठेक्का दिनु पर्ने नियम पालिकाले आफै बनाएको थियो ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नीति नियममा रहेर मात्र काम गर्ने आश्वासन दिए पनि ६० लाखको योजना उपभोक्तालाई दिएका छन । शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पान्डेयले सुरुवाती चरणमा नीति नियम, प्रक्रियामा कडा देखिएपनी पछि आफै नीति नियमको धज्जी उडाई ६० लाखको योजना उपभोक्तालाई दिएको खुलेको छ ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले कार्यपालिकाको व्यापक दवाबका बिच उपभोक्ता समितिलाई दिएको बताउनु भयो । पान्डेयले आफू बिदामा भएकाले यस विषयमा सुचना अधिकारीलाई सोध्न अनुरोध गर्दै बोल्न चाहेनन् ।
शिवराज ३ खरेन्द्रपुरमा निर्माण भइरहेको पृथ्वीनारायण शाहको शालिक निर्माण कार्य उपभोक्ता समिती र ठेक्कामा लगाएकोले कार्यपालिका मै व्यापक विरोध भएको थियो ।
थप समाचार
कपिलवस्तुको वनमा धमाधम अबैध संरचना निर्माण हुदैँ, वन कार्यालय मौन