Connect with us
Kapilvast Forest

नारायणी नदीमा हाम फाल्नेको संख्या ५ पुग्यो

२०७६, २३ कार्तिक शनिबारमा प्रकाशित

 काठमाडौं । कात्तिक १० गते काग तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३० ३५ वर्षका ब्यक्तिमात्रे मृत फेला परे । अर्का अझै बेपत्ता छन् ।

सँगै हामफालेका ब्यक्तिहरु बाबुछोरा भएको स्थानीयको अनुमान छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार मृत फेला परेका ब्यक्तिको पनि अझैसम्म नाम ठेगाना खुल्न सकेको छैन । फेला परेको शव भरतपुर अस्पतालमा राखिएको छ ।

तिहारपछि पनि कात्तिक २० गते एकजना ब्यक्ति पुलबाट हामफाले । उनको गम्भीर अवस्थामा उद्धार गरियो । तर उपचारका क्रममा उनलाई बचाउन सकिनए ।

यो घटनासहित साउनयता मात्रै नारायणी पुलबाट नदीमा हामफाल्नेको संख्या पाँच पुगेको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu