Connect with us
Kapilvast Forest

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

२०७६, २४ कार्तिक आईतवारमा प्रकाशित

रञ्जन भण्डारी

महोत्तरी । ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । शनिवार साझ जिल्ला प्रसासन कार्यालय महोत्तरी जाने बाटोमा साइकलमा सवार बालकलाई अतिथि गृहको नजिकै सडकमा ट्याक्टरले ठक्कर दिएको थियो ।

जलेश्वर नगरपालिका–२ निवासी बिनोद मुखियाका ९ वर्षीय छोरा राजकुमार मुखिया साइकलले घर जाँदै गर्दा लु २ त ७६९९ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि जलेश्वर अस्पताल लगिएकोमा अस्पतालमा रात्रिकालिन समयमा एक्सरे तथा अन्य चेकजाँचको व्यवस्था नभएको भन्दै डाक्टरले जनकपुर रेफर गरेका थिए । जनकपुरमा समेत उपचार सम्भव नरहेको भन्दै धरान रेफर गरिएकोमा बाटोमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याकटर चालक फरार रहेका छन्।

बच्चाको मृत्यु हुनुमा अस्पताल र सरकार दोषीः
बालकको अभिभावकले जलेश्वर अस्पतालमा बच्चालाई लगिएकोमा आकस्मिक कक्षमा एक्सरे तथा भिडियो एक्सरे समेतको व्यवस्था नरहेको प्रति रोष प्रकट गरेका छन् । आकस्मिक सेवा भएको अस्पतालमा सामान्य जाँचको समेत व्यवस्था नहुँदा आफ्नो बालकको छातीमा के कति कारणले रक्तस्राव भएको हो भन्ने चिकित्सकले ठम्याउन नसक्दा आफ्नो बालकको मृत्यु भएको उहाको भनाइ छ । उहाँले अस्पतालको ठुलो घर भएर पनि अति आवश्यक सेवा २४सैँ घन्टा नहुँदा आफ्नो सन्तान जस्तै अरुले पनि अकालमा ज्यान गुमाउनु परेको बताए ।

जिल्ला अस्पताल जलेश्वर हालसम्म २५ सैयाको मात्र रहेको छ भने अस्पतालमा ओपिडी बाहेकको समयमा ल्याव, एक्सरे लगायतको अति आवश्यक सुविधा उपलब्ध छैन । भिडियो एक्सरे समेत गर्भवती महिलाहरुको मात्र गरिने हुँदा अन्य बिरामीहरु सास्ती हुने गरेको अस्पताल उपचार गराउन आउने बिरामीहरुको भनाइ छ ।

जलेश्वर नगरपालिका–२ निवासी विजय साहले अस्पतालमा आउने अधिकांश बिरामी चेकजाँचकै अभावमा अन्यत्र जानु पर्दा समयमै अस्पताल नपुग्दा अकालमै मृत्यु हुने गरेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu