अबैध सामान सहित कार र चालक प्रहरी नियन्त्रणमा
न्युज सेन्टर नेपाल-
कपिलवस्तुमा ३ लाख ६० हजार बराबरको भन्सार अबैध सामान र १५ लाख पर्ने सावाधी साधान ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको छ ।
पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) २ हजार ४ सय थान र उक्त सामान बोक्ने बा ७ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडी गएराती प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताउनुभयो ।
जिल्लाको महाराजगन्ज नगरपालिका वडा न. ५ कन्चनिया नदीको पुलबाट अबैध सामान र काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको गाडी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद सामान र गाडीको अन्दाजी मुल्य १५ लाख कायम गरी भन्सार बुझाइएको प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।
भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ लैजादै गरेको गोप्य सूचनाको आधारमा प्रहरी गस्ति टोलिले उक्त सामान र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो ।