Connect with us
Kapilvast Forest

कपिलवस्तुको वनमा मानव कंकाल फेला

२०८०, ८ भाद्र शुक्रबारमा प्रकाशित

फाइल तस्बिर

कपिलवस्तु– कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायियक वनमा मानव कंकाल फेला परेकोे छ । वन क्षेत्र भित्र मानव अस्तिपन्जर टाउको ढाड लगाएतका कंकाल रहेको साथै महिलाले लगाउने चप्पल समेत फेला परेको ईलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायव निरिक्षक प्रविन कार्कीले जानकारी दिनुभयो ।

वन भित्र भेटीएको कांकाल बारे अनुसन्धान भैरहेको प्रहरी नायव निरिक्षक कार्कीले बताउनुभयो । बाणगंगा नगरपालिका वडा नं ६ को वन छेउका स्थानियहरु च्याउ खोज्न जादाँ मानव कंकाल फेला परेको प्रहरीलाई जानकारी गराएका हुन् ।
वन क्षेत्रमा लेडिज चप्पल नजिक रहेको र मानव अस्तिपन्जर टाउको ढाड लगाएतका कंकाल रहेको प्रत्यक्षदर्शी मनकला वि.कले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu