नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतीमा अफताब चयन
कपिलवस्तु- नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतीमा अफताब आलम चयन हुनु भएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको सभाहल बुड्ढी चोकमा भएको नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनले आलमको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्य समिति चयन गरेको नेपाली कांगे्रस पुर्व संसद तथा केन्द्रिय सदस्य अतहर कमालले जानकारी दिनुभयो ।
नेपाल मुस्लिम संघको विधान अनुसार जिल्ला अधिवेशनले सर्वसहमतीले अफताब आलमको सभापतीत्वमा जिल्ला नेतृत्व चयन गरिएको नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष अकिल मियाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांगेस कपिलवस्तुका सभापती अब्दुल कलामले नेपाली कांग्रेसले मुस्लिमहरुको हक अधिकारको लागि सदैव अग्रसर रहेको बताउनुभयो । सभापती कलामले नेपाल मुस्लिम संघको संगठन विस्तारमा जोड दिन नव निर्वाचित पदाधिकारीहरुलाई सुझाव समेत दिनुभयो ।
नेपाल मुस्लिम संघका पुर्व अध्यक्ष असअद कमालको कोभिड १९ का कारण मृत्यु भएपछि जिल्ला समिति गठन हुन सकेको थिएन । नेपाल मुस्लिम संघको अधिवेशन पुर्व सचिव सिराज अहम्द खाँको सभापतीत्वमा सम्पन्न भएको हो ।
नेपाल मुस्लिम संघ कपिलवस्तुको उपसभापती पदमा करम हुसेन, अब्दुल सलिम, सचिव मोह्मद मुस्ताफ, सहसचिव सरिफ मुसलमान, कोषाध्यक्ष मुक्तार अह्मद खाँ, सदस्यहरुमा तहिरा खाँँ, नुर मोह्मद खाँ, समि मोहम्मद, अब्दुल मजिद, जमसेद खाँँ, नसरुदिन खाँ लगायत चयन हुनु भएको हो ।
अन्य पदाधिकारी र सदस्यहरुलाई पछी मनोनयन गरिने नेपाल मुस्लिम संघका नव नियुक्त अध्यक्ष अफताब आलमले जानकारी दिनुभयो ।
नेपाल मुस्लिम संघ कपिलवस्तुको जिल्ला अधिवेशनले महाधिवेशन प्रतिनिधी समेत चयन गरेको छ । महाधिवेशन प्रतिनिधीमा अब्दुल करिम, जमसेर खाँ, मोहबत अली खाँ, लगायत रहनु भएको छ ।