Connect with us
Kapilvast Forest

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

२०८०, १८ भाद्र सोमबारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका राजदूतले छुट्टा–छुट्टै समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।

राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अलि अलानसरीले ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।

यसैगरी, गणतन्त्र पेरु र कम्बोडियाका गैर आवासीय राजदूतद्वय जेभियर मानुएल पाउलिनिच वेलार्ड र कोय कुओङले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu