रा.ज.मो द्धारा भारतीय सिमा अतिक्रमण विरुद्धको कोण सभा सम्पन्न ।।
नवराज पौडेल, कपिलवस्तु
कार्तिक २६
कपिलवस्तुको बाणगंगा नगरपालिको बनगाईमा मंगलबार राष्ट्रिय जनमोर्चाद्धारा विरोध प्रर्दशन गरिएको छ । भारतीय सिमा अतिक्रमण विरुद्धको कोण सभा सम्पन्न गरिएको रा.ज.मो कपिलवस्तुले जनाएको छ ।
सभालाई सम्बोधन गर्दै रा.ज.मो का जिल्ला अध्यक्ष ददिराम आर्यायले सम्पुर्ण देशभक्त नेपाली जनता एक ढिक्का भई छिमेकी राष्ट्र भारत
विरुद्ध लड्नुपर्ने बताउनु भएको छ । भारतले खटाएका भारतीय सेना हटाई तत्काल कालापानिमा नेपाली सेना परिचालन गर्नु पर्ने अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रिय सदस्य केयर सिहं अदैले माग गर्नुभएको छ । भारतीय सेनाले अटेरी गरेमा यो विषय अन्तराष्ट्रियकरण गरि जानुपर्ने भन्दै अहिले सत्तापक्ष र प्रतिपक्ष दल लगाएत अन्य सम्पुर्ण दल भारतको हस्तक्षेप विरुद्धमा दल एकजुट देखिएकाले संयुक्त राष्ट्रवादी मोर्चा बनाएर आन्दोलन मा उत्रिनुपर्ने कुरामा सभामा बोल्ने बत्ताहरुले जोड दिईएका थिए ।
सभालाई रा.ज.मो का जिल्ला अध्यक्ष ददिराम आर्याय, नेकपा मसालका जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ – अन्टुकका केन्द्रिय सदस्य केयर सिहं अदै,अखिल छैठौंका जिल्ला अध्यक्ष रिसभ आर्चाय लगाएतले सम्बोधन गर्नु भएको थियो ।