Connect with us
Kapilvast Forest

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको ११ औं स्थापना दिवसको मनाइयो

२०८०, २७ भाद्र बुधबारमा प्रकाशित

लुम्बिनी- लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको ११ औँ स्थापना दिवस शुभकामना आदान प्रदान तथा विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख नीर बहादुर गुरुङको अध्यक्षता तथा बौद्ध अध्ययन संकायका डिन डा. माणिक रत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02LYHMjbFZBqYfrKqdZvwrYbS6GJ3ouUGxSb8Zk2fo4cB68BZUaT68akVHCK9C12il&id=100076453756384&mibextid=Nif5oz
कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुं, आइ.सी.सी.आर.का नेपाल प्रमुख प्रा.डा.परीक्षा नियन्त्रक इन्द्र प्रसाद काफ्ले, सिटी कलेज बुटवलका क्याम्पस प्रमुख श्री फणीन्द्र कुमार न्यौपाने, चुचि फाउण्डेशनका प्रतिनिधि डा.थाङ कियाट बेङ, शखो केयन यी, अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका डा. कुमार खड्का, प्राध्यापक संघका अध्यक्ष श्री गुणाखर गैरेको आतिथ्यता रहेको थियो ।


भोट बौद्ध अध्ययन, पुरातत्वका विभागका विभागीय प्रमुख क्रमशः डा. ङिमा शेर्पा विश्वविद्यालयका प्राध्यापकवर्ग, विद्यार्थी, कर्मचारीहरुको सहभागि रहेको थियो ।
उक्त कार्यक्रम प्रमुख अतिथिले बुद्धमूर्तिमा खादा अर्पण तथा आनीहरुबाट बुद्ध बन्दना गरी शुरु गरिएको थियो । कार्यक्रममा केन्द्रिय क्याम्पसका उपप्राध्यापक आचार्य दयानीधिले कार्यक्रमको औचित्यता सहित स्वागत मन्तव्य दिनुभएको थियो ।

https://fb.watch/n1oyWDXVvH/?mibextid=Nif5oz

भोट बौद्ध अध्ययनका विद्यार्थी मिङ्मार शेर्पा, बि.ए.का विद्यार्थी सद्दाम हुसेनले विद्यार्थीको तर्फबाट शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कर्मचारीको तर्फबाट शैक्षिक प्रशासन प्रमुख गजेन्द्र गुप्ता, भोट बौद्ध अध्ययन विभागीय प्रमुख डा. ङिमा शेर्पा, पुरातत्व विभागका प्रमुख प्रा. वसन्त विडारी, प्राध्यापक संघका अध्यक्ष गुणाखर गैरै, आई सिसि आर प्रमुख प्रा.डा. विमलेन्द्र कुमार, का प्रतिनीधि डा.थाङ कियाट बेङ, परीक्षा नियन्त्रक इन्द्र प्रसाद काफ्ले, सिटी क्याम्पस बुटवलका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपाने, मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुं, प्रमुख अतिथि डा. माणिरत्न शाक्यले क्याम्पसले आयोजना गरेको यस शुभकामना व्यक्त गर्नुका साथै क्याम्पसको शैक्षिक विकासको कामना गरेका थिए ।


कार्यक्रममा बि.टि.टि.एम.का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने भोट बौद्ध अध्ययनका विद्यार्थीले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा वि.टि.टि.एम. वि.ए. अध्ययनरत विद्यार्थीहरुमध्येबाट बौद्ध विषयमा उत्तिर्ण भइ सर्वोत्कृष्ट भएका विद्यार्थीहरुलाई दोरिम गुरु छात्रवृत्ति २०२३ घोषणा गरिएको थियो । त्यसैगरी क्याम्पसमा प्राध्यापनरत तथा अध्ययनरत लामा आनीज्यूहरु, भन्तेज्यूहरुलाई भोजनदान गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका अध्यक्ष क्याम्पस प्रमुख नीर बहादुर गुरुङले क्याम्पसको स्थापना देखि हालसम्म भएका शैक्षिक प्रगतिबारे प्रष्ट पार्नुभएको थियो ।

साथै क्याम्पसले विद्यार्थीहरुका समस्याहरुलाई ग्रहण गर्दै शैक्षिक विकासका लागि सदा प्रयास गरिने बताएका थिए । यस क्रममा वहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यूहरु, प्राध्यापक, कर्मचारी, विद्यार्थी सबैलाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरे थिए । कार्यक्रमको तयारीदेखि सक्रिय सहयोगका साथै कार्यक्रमको संञ्चालन बि.टि.टि.एम तथा बि.ए. कार्यक्रमका संयोजक अन्जु खनालले गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu