Connect with us
Kapilvast Forest

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना, २ जनाको मृत्यु

२०८०, ८ आश्विन सोमबारमा प्रकाशित

सल्यान । सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्।  तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu