Connect with us
Kapilvast Forest

पोखरेलसहित ११ जनाको मुद्दा सर्वोच्चमा पुनरावेदन

२०८०, १० आश्विन बुधबारमा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा बिल भरपाई एवम् झुठ्ठा कागजात पेस गरी भ्रष्टाचार गरेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले जिल्ला विकास समितिको कार्यालय सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसहित ११ जनाको मुद्दा मङ्गलबार सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले अख्तियारबाट विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिनुभयो ।

अख्तियारबाट विशेष अदालत, काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार असोज ९ गते सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता दाहालले तत्कालीन स्थानीय विकास अधिकारी पोखरेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ र सोही ऐनको दफा ८ को उपदफा १ को खण्ड ग र ङ बमोजिम कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो । पोखरेललाई बिगो चार लाख ६४ हजार १६१ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी बिगो असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu