Connect with us
Kapilvast Forest

सेभ द चाइल्डले नेपालमा उदाहरणीय कार्य गरेको छ : पुर्व कृषिमन्त्री शाह

२०८०, ११ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौ-
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ट उपाध्यक्ष तथा पुर्व कृषि, सहकारी मन्त्री अकवाल अहमद शाहले सेभ द चाइल्ड फाउन्डेसन नेपाल (USA) ले नेपालमा उदाहरणीय कार्य गरेको वताउनु भएको छ ।

नेपालको हरेक गतिविधिमा सेभ द चाइल्डले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको पुर्वमन्त्री शाहले जानकारी दिनु भयो । सेभ द चाइल्ड)को १५ औं वार्षिकोत्सवलाई काठमाडौमा सम्बोधन गर्दै संविधान सभा सदस्यीय समेत रहेका शाहले नेपालमा सेभ द चिल्ड्रेनले गरेको कार्य प्रशांसायोग्य रहेको बताउनु भयो ।

बालबालिकाको क्षेत्रमा, ग्रामीण शिक्षाको क्षेत्रमा सेभ द चाइल्डले राम्रो लगानी गरेको भन्दै आउने दिनमा यस्ता कार्य गर्दै जाने बताउनु भयो । सेभ द चाइल्ड फाउन्डेसनको नेपालको अध्यक्ष कान्छी लामाले १५ औं वार्षिकोत्सबको अध्यक्षता गर्नु भएको थियो ।

फाउन्डेसनको अध्यक्ष लामाले सेभ द चाइल्डले नेपालको हरेक क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । वरिष्ट अधिवक्ता प्रकाश मणि शर्मा, उच्च अदालतका न्यायाधीश शेखर प्रसाद पौडेल, पुर्व न्यायाधीशहरु , प्रोफेसरहरु, सामाजिक सघं संस्थाका प्रमुखहरु, पत्रकार लगायतका सहभागीता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu