नागरिक उन्मुक्तीले देशको बागडोर सम्हाल्छ: संरक्षक रेशम
सनिउल्ला धोबी, कपिलवस्तु-
नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम लाल चौधरीले अब देशको बागडोर सम्हाल्ने बताउनुभएको छ । संरक्षक रेशम लाल चौधरीले पहिचानवादीको मुख्य नारालाई अघी बढाएको नागरिक उन्मुक्ती पार्टी अब देशमा बलियो पार्टी भएर उदय हुने बताउनुभयो । कपिलवस्तुको शिवराज नगरपालिकाको उमरीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले अब नागरिक उन्मुक्ती पार्टीले भुकम्प ल्याउने बताउनुभयो ।
संरक्षक रेशम चौधरीले जसपा शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरी र माओवादी केन्द्रका नेता करम हुसेन शाहलाई नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गराउदै नागरिक उन्मुक्तीमा ठुला ठुला विद्धान व्यक्तीहरु प्रवेश गर्ने लहर चलेको बताउनु भयो ।
नागरिक उन्मुक्ती पार्टीका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री धर्मराज चौधरीले नागरिक उन्मुक्ती पार्टीले विकास निर्माणमा जोड दिएको बताउनुभयो । देशको अधिकांस स्थानमा नागरिक उन्मुक्तीको प्रतिनिधित्व रहेकाले अबको निकास नागरिक उन्मुक्तीले गर्ने मन्त्री चौधरीले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री धर्मराज चौधरीले नागरिक उन्मुक्तीले सबैको पहिचान अनुसारको काम गर्ने भएकाले पार्टी आबद्ध हुन अनुरोध गर्नुभयो ।

पार्टी प्रवेश पछी कृष्ण कुमार चौधरीले जसपा नेपालले आफुलाई धोखा दिएकाले आफु पार्टी त्याग गरेको बताउनुभयो । विगतमा जसपाले उम्मेदवार बनाए पनि जसपा कै नेताका कारण आफु पराजित हुनु परेको चौधरीले बताउनुभयो ।
नेता करम हुसेन शाहले सशस्त्र द्धन्द्धको समय देखी अहिलेसम्म माओवादी केन्द्रमा रहे पनि आफु प्रयोग मात्र भएको बताउनु भयो । माओवादीले कहिले पनि तल्लो बर्गको लागि काम नगरेको आरोप लगाउनु भयो । ५ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेको नगर अध्यक्ष उमेश थारुले जानकारी दिनुभयो । सो कार्यक्रममा कपिलवस्तुका थारु आगुवाहरुको सहभागिता रहेको छ ।
