Connect with us
Kapilvast Forest

अटो दुर्घटना, चारजना घाइते

२०८०, १७ आश्विन बुधबारमा प्रकाशित

सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

बनगाड कुपिण्डे नगरपालिका–६ सुनौलीबजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बयलडाँडी नजिकै दुर्घटना भएको हो।

दुर्घटना परी बनगाड कुपिण्डे नगरपालिकाका ३६ वर्षीय खलबहादुर बुढा, ४७ वर्षीय ग्रिम रोका, राउचेका ५० वर्षीय शिवलाल साहु र ६१ वर्षीय मुने साहु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते चालक बाहेक अन्य तीनजनाको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu