Connect with us
Kapilvast Forest

मिसेस नेपाल वल्र्ड–२०२३ को प्रतिस्पर्धी रायमाझी सम्मानित

२०८०, १२ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाले “मिसेस नेपाल वल्र्ड–२०२३” को प्रतिस्पर्धी रेखा सिंह रायमाझीलाई सम्मान गरेको छ । शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, उपप्रमुख शिव कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले रायमाझीलाई नगरपालिकाको कार्यालयमा सम्मान गर्नुभएको हो ।

कपिलवस्तु शिवराज नगरपालिका वडा १० सितलापुर घर भई हाल काठमाण्डौ बस्दै आएकी रेखा सिंह रायमाझी प्रतिस्पर्धाको टप २३ मा छानिएपछी उनलाई सम्मान गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

नगरको चेली टप २३ भित्र पर्नु नै सबैभन्दा महत्वपुर्ण उपलब्धी भएको नगर उपप्रमुख शिव कुमारी चौधरीले जानकारी दिनुभयो । प्रतिस्पर्धी रेखा सिंह रायमाझीले शिवराज नगरपालिकाले आफुलाई सम्मान गरेकोले धन्याबाद समेत दिनु भयो । उक्त प्रतिस्पर्धामा छनोट भएपछी नेपाली महिलाहरुको सेवा तथा सुत्केरी अवस्थामा हुने मनसिक समस्या समाधान गर्ने उदेश्यले सहभागी भएको रायमाझीले बताउनु भयो ।

उनी १५ नम्बरको सहभागी भएको बताउनुभयो । टप २३ मा छानिएपछी कपिलवस्तुवासी खुसी भएका छन । मिसेस नेपाल वल्र्ड २०२३ को फाईनलमा २३ जना प्रतिस्पर्धी छानिएका छन् । अडिसनबाट मिसेस नेपाल वल्र्डमा ३० जना चयन भएकोमा ती मध्यबाट फाईलनका लागि २३ जना चयन भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले उत्कृष्ट २३ जना प्रतिस्पर्धीलाई सार्वजनिक गर्दै विभिन्न प्रशिक्षणमा उतारेको छ ।

यो प्रतियोगितामा उत्कृष्ट २३ भित्र पर्ने प्रतियोगीहरुमा रेखा सिंह रायमाझी सगंै आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीमाया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के।सी।, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह रहेका छन् ।

यस्तै, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा पनि ग्रान्ड फिनालेका लागि उत्कृष्ट २३ जना भित्र परेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu