Connect with us
Kapilvast Forest

बाँकेबाट चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

२०८०, १८ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं – बाँकेको कोहलपुरबाट चिकित्सकहरुको एक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट चढेर गएको हेलिकोप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा. मंगल रावलसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो ।

टोलीमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका भीसी डा. रावल, प्रतिष्ठानका रेक्टर डा. डबल धामी, नेपालगञ्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा. श्याम विक, नेपालगञ्ज मेडिकल कलेजका जनरल फिजिसियन डा. देवेन्द्र आचार्य, कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका एनेस्थियोलोजिस्ट डा. रविन खापुङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका मानव नेपाली र स्वास्थ्य शाखा खजुरा गाउँपालिका, बाँकेका प्रमुख दीपक रोकाया छन् । अत्यावश्यक औषधिसमेत लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको टोलीका एक सदस्य डा. आचार्यले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu