फ्युचर अफ होपको स्थापना दिवसमा नि:शुल्क दन्त निरिक्षण शिविर
कपिलवस्तु-
मलमला डेन्टल क्लिनिकको प्राबिधिक सहयोग तथा बुद्धभुमी नगरपालिकाको समन्वयमा सम्पन्न उक्त शिबिरमा बुद्धभुमी नगरपालिका वडा न ६ र ८ का १५०० जनाले सेवा लिएका छन भने १५०० जनालाइ नै उपहार स्वरुप दन्तमन्जन, दन्तब्रस, साबुल लगायतका बस्तु समेत बितरण गरिएको थियो ।
शिबिर उद्द्घाटन बुद्धभुमी नगरपालिकाका प्रमुखले गर्दै शिबिरको महत्व र यस क्षेत्रमा यसको आवस्यकता बारे आफ्नो धारणा ब्यक्त गर्नुभएको उक्त कार्यक्रममा वडा अध्यक्ष त्रय एलेन्द्र प्रसाद कुर्मी, कपिलदेब तिवारी प्रमोद आचार्यले यस्ता कार्यक्रम प्रत्येक सबै वडामा आवस्यक रहेको बताउनु भयो ।
२ दिन सम्म सन्चालन भएको उक्त शिबिरमा ४ जना दन्त चिकित्सकले त्यस क्षेत्रका बिद्यार्थी लगायत अन्यले समेत सेवा लिएको कार्यक्रम संयोजक अनिल अधिकारिले बताउनु भयो ।
फ्युचर अफ होपका अध्यक्ष कवि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरस्वती आधारभुत बिधालयका प्रधानाद्यापक रमा खनालले स्वागत गर्नु भएको थियो ।
