Connect with us
Kapilvast Forest

नेकपा विप्लवको कपिलवस्तुमा बृहत मसाल जुलुस

२०८०, १९ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु,,नेपाल कम्युनिष्ट पार्टीले अदालतको पक्राउ पूर्जी विरुद्ध आज बेलुका देशभर एकैसाथ मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाका महासचिव विप्लवले आज बेलुका देशभर अदालतको पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो ।

यसै विषयमा नेकपाले पार्टी केन्द्र्रको निर्देशनलाई पालना गर्दै आज बेलुका कपिलवस्तुको चन्द्रौटामा बृहत मसाल जुलुस कार्यक्रम सम्पन्न भएको छ । नेकपा पश्चिम कपिलवस्तुका इन्चार्ज हेमन्त चौधरी (हेमन्त सी) र जिल्ला सचिव विनोद लुइटेल (पावेल सी) को नेतृत्वमा बृहत मशाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।

नेकपाले ३ बुँदे सहमति र शान्ति प्रक्रियाका विरुद्ध जाने गरी जिल्ला अदालत काठमाडौले पक्राउ पूर्जी जारी गरेकोमा गम्भीर आपत्ति जनाएको छ । भोली मंसिर २० गते दिउसो ३ बजे आदेश दिने न्यायाधीशको पुत्ला जलाउने कार्यक्रम तय गरीएको नेकपा पश्चिम कपिलवस्तुका जिल्ला सचिव विनोद लुइटेलले जानकारी दिनुभयो ।

जिल्ला अदातल काठमाण्डौंले पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu