Connect with us
Kapilvast Forest

उखु किसानको बक्यौता ८० करोड रकम भुक्तानी

२०८०, ८ पुष आईतवारमा प्रकाशित

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने ८० करोड रुपियाँ रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बाँकी रहेको अर्बभन्दा बढी रकममध्ये ८० करोड रुपियाँ भुक्तानी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा. प्रकाशरण महत, कृषिमन्त्री डा. वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा. वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम भुक्तानी गर्न निर्देशन दिनुभएको थियो ।

उखु किसानलाई भुक्तानी दिन बाँकी रहेको ५२ करोड रुपियाँ तत्काल भुक्तानी गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले सो निकासा गरेको हो ।

किसानले अनुदानस्वरूप पाउने ५२ करोड बक्यौता रकम भुक्तानीका लागि मन्त्रीपरिषद्ले स्वीकृत दिएकाले तत्कालै निकासा गरी जिल्ला जिल्लामा कृषकको खातामा पठाएको कृषि मन्त्रालयले जनाएको छ । आव २०७९/८० मा किसानलाई भुक्तानी गर्न बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ वितरण सुरु गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

सरकारले हालै यस वर्षको उखुको समर्थन मूल्य ६३५ रुपियाँ कायम गरेको छ । पुस ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चिनी उद्योगीले प्रतिक्विन्टल ५६५ रुपियाँ र सरकारले दिने अनुदान ७० रुपियाँ प्रतिक्विन्टल गरी ६३५ रुपियाँ कायम गरिएको छ ।

मूल्य कायम गरेसँगै मिल पनि सञ्चालनमा आएका छन् र किसानले पाउने बक्यौता रकम पनि प्राप्त गर्न थालेका छन् । अनुदान रकम नपाएको भन्दै जिल्लाका उखु किसान आन्दोलन गर्दै आएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu