जर्मनका सहायक राजदुत स्टेफन कपिलवस्तुमा
कपिलवस्तु १० पुस
जर्मनका सहायक राजदुत डाक्टर स्टेफन रुस्सेक (stephan russek) ले प्राचिन कपिलवस्तुको तिलौराकोट दरबार र कपिलवस्तु संंग्रहालयको अवलोनक गरेका छन । युनएडिपी कार्यक्रमको बिषयमा जानकारी लिन आएका उनले तिलौराकोट र संग्रहालय र रामसारमा सुचीकृत जगदीशपुर तालको भ्रमण गरेका हुन । उनीसंगै युएनडिपीका लुम्बिनी र गन्डकी प्रदेशका संयोजक सुदीप अर्याल समेत रहेका थिए ।
टोलीलाई स्वागत गर्न कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर १ का अध्यक्ष माहोम्द जाहिद खा, वडा नम्बर ६ का अध्यक्ष रामु यादव अधिकारकर्मी रबि ठाकुर सहीतको टोली समेत त्यहा पुगका थिए ।
राजदुत रुस्सेकले तिलौराकोटको पुवी पश्चिमी द्धार उत्खनन भएको स्थलमा पुगेर त्यहाको ऐतिहासिक र उपलब्धीका बिषयमा जानकारी लिएका थिए । उनलाई पथ प्रदर्शक राज कुमारले तिलौराकोटको ऐतिहासिक र उत्खननमा भएका हाल सम्मका उपलबधी बिषयमा जानकारी गराएका थिए ।
तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृतकालागि प्रस्तावित स्थल हो । यस्तै राजुदत रुस्सेकले कपिलवस्तु संग्रहालयका रहेको प्राचिन बस्तुहरुको समेत अवलोक गरेका थिए । सोक्रममा उनलाई त्यस बारे संग्रहालयकी प्रमुख शान्ति शेर्मा लिम्बुले संग्रालयका रहेका बस्तुहरुका बारेमा जानकारी गराएकी थिईन । भ्रमणकै क्रममा सहायक राजदुत रुस्सेकले आफुले आफुलाई तिलौराकोट र संग्रहालयको भूमण गर्दा निकै रमाईलो लागेको बताए ।
बुद्धको क्रिडास्थलमा आफुले भ्रमण गर्न पाउदा खुशी लागेको बताउ । उनले यो स्थलको विकासकोे ठुलो संभावना समेत रहेको बताए । कार्यक्रममा मेयर पौडेलले तिलौराकोटलाई बिश्व संपदा सचुीमा सुचीकृतकालागि आफुहरु समेत लागी परेको बताए ।
