मेयर थापाद्धारा नियम विपरित कर्मचारी भर्ना
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले नियम विपरित कर्मचारी भर्ना गरेका छन । मेयर थापाले शिवराज नगरपालिका ३ बस्ने प्रेम नारायण खनाल (बाबुराम) लाई नियम विपरित कम्प्युटर सहायक पदमा नियुक्त गरेको पाइएको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ विपरित मेयर थापाले कर्मचारी भर्ना गरेपछि व्यापाक आलोचना भैइरहेको छ ।
मेयर थापाले प्रेम नारायण खनाल (बाबुराम) लाई २०७९ असोज १ गते ज्यालादारीको रुपमा स्वीकृय सचिव पदमा नियुक्त गरेका थिए । त्यसपछी मिति २०७९ माघ २२ गते करारको रुपमा सहायक कम्प्युटर अपरेटर पद (खरिदार) मा नियुक्त गरेका हुन । थापाले ४ महिना नवित्दै खनाललाई सुचना प्रकाशित विनै गलत प्रक्रियाबाट करारमा नियुक्त गरेको देखीएको छ ।
मेयर थापाले स्वकीय सचिव नियुक्त गर्न पाउने नियम भएपनि करारको कर्मचारी नियुक्तका लागि प्रमुख प्रशासकीयले मात्र नियुक्त गर्न पाउनेछ । खुला प्रतिस्पर्धाबाट करारको कर्मचारी छनोट नगरकोले मेयर थापाको चर्काे आलोचना भैइरहेको छ ।
गलत प्रक्रियाबाट कर्मचारी भर्ना गरेको भन्दै त्यसलाई सच्चाइ पुन सुचना प्रकाशित गरी कर्मचारी भर्ना गर्न शिवराजवासीहरुले माग गरेका छन । नगरपालिकालाई आफ्नो कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाइ नीतिगत भ्रस्टाचार गरेको स्थानियले आरोप लगाएका छन ।

